काठमाडौं । दार्लुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडूले झिनो मतले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार बडूले नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नालाइ ४८ मतले मात्रै पछि पारेका छन् ।
मतपरिणाम अनुसार बडूले १३ हजार २ सय ३० मत ल्याएका छन् भने ठगुन्नाले १३ हजार १ सय ८२ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त पार्टीका उम्मेदवार नरेन्द्रसिंह धामीले २ सय १३ मत प्राप्त गरेका छन् ।