काठमाडौं । गुल्मी २ बाट नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । बिष्टले २८ हजार ४ सय ७६ मत पाएका छन् । उनका निकटतम प्रतिपर्धी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले २६ हजार ४ सय ४२ मत पाएकी छिन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की उम्मेदवार रामकुमारी झाँक्रीलाई २ हजार ३४ मतान्तरले पराजित गरेका हुन् ।
त्यस्तै, स्वतन्त्र पार्टीकी कमला पुनले ४ सय ६३ मत पाएकी छिन् ।