काठमाडौं । गोरखा २ मा मोओवादीका पुष्पकमल दाहाल प्रचण्डको अग्रता कायम रहेको छ । प्रचण्डले १७ हजार ५ सय ५३ मत ल्याएर अग्रता ल्याएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले ५ हजार ९ सय ६७ मत ल्याएका छन् । भने नेकपा एमाललेका अब्दुस सलाम मियाँले ४ हजार ५ सय ९८ मत ल्याएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराइ निर्वाचित भएका थिए ।