भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता कायम राखेका छन्। हालसम्मको मतगणना अनुसार थापाले ६ सय १ मतको अग्रता कायम राखेका हुन ।
हालसम्म थापाले २२ हजार २ सय ३९ मत पाएका छन्। भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २१ हजार ६ सय ३८ मत पाएका छन्।
अहिले मध्यपुर थिमी नगरपालीकाको मतगणना भएरहेको छ । सो नगरपालिकाका कुल ५ हजार ९ सय ४९ मत रहेको छ ।
यस अघिको निर्वाचनमय करिव १८ हजार मतान्तरले कांग्रेस उम्मेद्वार दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेत यश पटकको गणनामा शुरूदेखिनै पछि पर्दै आएका छन् ।