काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को मतगणना महोत्तरीमा जारी छ । सुस्त गतिमा बढेको मतगणनाको पछिल्लो विवरणअनुसार तीन क्षेत्रमा सत्ता गठबन्धन र एक क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवारले प्रतिनिधिसभामा अग्रता लिएका छन् ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरका अनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का लक्ष्मी महतोेले ५ हजार २ सय ९३ मतसहित अग्रता लिएका छन् । यहाँ नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल ४ हजार ४ सय ४० मतसहित महतोलाई पछ्याई रहेका छन् ।
क्षेत्र नं २ मा लोसपाका शरतसिंह भण्डारीले ५ हजार ९ सय ६३ मतले अग्रता लिएका छन्। यो क्षेत्रमा एमालेका डा रामपरीक्षण यादवले २ हजार ७ सय ३५ मतले पछ्यारहेका छन् ।
क्षेत्र नं ३ मा पनि लोसपाका अध्यक्ष महन्थ ठाकुर ४ हजार ६ सय ७४ मतका साथ अग्रता लिरहेका छन् । यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले ४ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महेन्द्रकुमार राय ४ हजार ८ सय ९ मतका साथ अघि रहेका छन् । यस क्षेत्रमा जसपाका डा सुरेन्द्रकुमार यादव २ हजार ३ सय ५३ मतका साथ रायलाई पछ्याइरहेका छन् ।
चारवटै प्रतिनिधिसभा क्षेत्रमा जारी मतणनाको गति सुस्त भएको उम्मेदवारका गणना प्रतिनिधिले बताएका छन् । चारवटै क्षेत्रमा प्रदेशसभा र दुवैतर्फका समानुपातिक गणना पनि सँगसँगै गरिँदैछ ।



