images
images

मकवानपुर १ मा डीनाको अग्रता कायमै, पछ्याउँदै कमल थापा


  • 424
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    मकवानपुर १ मा डीनाको अग्रता कायमै, पछ्याउँदै कमल थापा

    मकवानपुर । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) ले २ हजार ९ सय ४९ मतले अग्रता हासिल गरेकी छिन् । 

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपाध्यायले १३ हजार ६ सय ३० मत प्राप्त गरेकी छिन् भने नेकपा (एमाले) का उम्मेदवार कमल थापाले १० हजार ६ सय ८१ मत प्राप्त गरेकी छिन् । 

    मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १  को कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले ८ हजार ४ सय ३ मत प्राप्त गरेका छन् । 

    त्यस्तै मकवानपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का महेशकुमार बर्तौलाले १७ हजार२ सय ५५ मत प्राप्त गरी अग्रता लिएका छन् । सोही क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडाले १५ हजार ३ सय ४८ र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ६ हजार ८९ मत प्राप्त गरेका छन् ।

     सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ जम्मा ४३ हजार २ सय ४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo