काठमाडौं । नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी मतान्तर बढाउँदै गएका छन् ।पछिल्लो मतपरिणाम अनुसार विनोद चौधरीले १३ हजार ६ सय ६८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले १० हजार ५ सय ८ मत प्राप्त गरेका छन् ।
त्यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदेयश त्रिपाठी रहेका छन् । उनले १० हजार ३ सय ७४ मत प्राप्त गरेका छन् ।