काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
लगातार सोमबार देखि घटेको सुनको मूल्य आज बुधबार पनि घट्न पुगेको छ । ांगलबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।