भक्तपुर । भक्तपुर क्षेत्र नं १ को प्रदेश १ अर्थात चाँगुनारायण नगरपालिका क्षेत्रमा नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी भएको छन् । लोकतान्त्रिक– बाम गठबन्धनको साझा उम्मेदवारका रूपमा रहेका श्रेष्ठ आज बिहान सकिएको मतगणनामा बिजयी भएका हुन्।
अन्तिम मत परिणाम अनुसार श्रेष्ठले ९ हजार ४ सय २४ मत पाएको निर्वाचन कार्यालयले जनाएको छ । यो प्रदेशमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका मोहनवीर श्रेष्ठले ८ हजार २ सय १२ र नेपाल मजदुर किसान पार्टीका मीन बाटाले ८ हजार २ सय १ मत पाएका छन ।
त्यस्तै राप्रपाका राजु कुइँकेलले ५ हजार ९ सय ४५ मत प्राप्त गरेका छन ।