images
images

घन्टीको दोस्रो जित,  काठमाडौं २ बाट २७ वर्षीया सोविता गौतम बिजयी 


  • 364
    SHARES
  • २०७९ मंसिर ७ गते बुधबार

    घन्टीको दोस्रो जित,  काठमाडौं २ बाट २७ वर्षीया सोविता गौतम बिजयी 

    काठमाडौ । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्।

    निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी मतान्तरसहित विजयी भएकी हुन्।

    गौतमले १५ हजार २ सय २९ मत पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११ हजार ५ सय ५५ मत प्राप्त गरे। उनीहरूको मतान्तर ३ हजार ६ सय ७४ छ।

    यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा छिन्। उनले ११ हजार ४ सय १४ मत ल्याइन्। सो क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो हुंदै ९ हजार ४ सय ४८ मत ल्याइन्।


    images
    images

    Logo