काठमाडौं । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा ९एमाले० का उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ । पछिल्लो मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई ६ सय ५६ मतले पछाडि पार्दै अग्रता कायम राखेका छन् ।
भक्तपुर जिल्लामा दुई निर्वाचन क्षेत्रमध्ये सबैको चासो रहेको भक्तपुर क्षेत्र नं २ मा ४३ हजार १ सय ३० मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १६ हजार ३ सय ८० मतले अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बस्नेतले १५ हजार ७ सय १७ मतले पछ्याइरहेका छन् ।
नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले ३ हजार ५ सय २०, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले २ हजार ३ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले १ हजार ४ सय ४ प्राप्त गरेका छन् ।
क्षेत्र नं १ को मतपरिणाम
त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज गेलालले सात हजार ६ सय २ मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले ६ हजार ८ सय ९० मतले पछ्याइ रहेका छन् ।
क्षेत्र नं १ मा २३ हजार २ सय ३३ मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले ५ हजार २ सय २७ मत प्राप्त गरेका छन् भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल गोठे वासुले २ हजार ६ सय ७१ मत ल्याएको छन् ।



