काठमाडौं । उदयपुर–२ मा नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् ।उनी १५ हजार २ सय ५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९२ मत पाएका छन् ।
पराजित भएका खतिवडा एकीकृत समाजवादीका उपमहासचिव तथा केन्द्रीय प्रवक्तासमेत हुन् ।औपचारिक मतपरिणाम आउन भने केही समय लाग्ने छ ।