काभ्रे । काभ्रे–२ मा नेपाली कांग्रेसका उम्मेदवार शिव हुमागाईले अग्रता कायमै राखेका छन् । उनले नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई ७ सय २७ मतले पछि पारेका छन् ।
पछिल्लाे मत परिणाम अनुसार शिव हुमागाईले ७ हजार ८१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गोकुल बाँस्कोटाले ६ हजार ३ सय ५४ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईले १ हजार ४ सय ५३ मत पाएका छन् ।