images
images

काठमाडौं २ : दोस्रो स्थानमा उक्लिइन् कुन्ती, ओनसरी चौथो स्थानमा 


  • 483
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    काठमाडौं २ : दोस्रो स्थानमा उक्लिइन् कुन्ती, ओनसरी चौथो स्थानमा 

    काठमाडौैं । काठमाडौं क्षेत्र नंम्वर २ मा राप्रपाकी कुन्ती देवी पोखरेल दोस्रो स्थानमा उक्लिएकी छिन् । पछिल्लो मत परिमाण अनुसार उनी ५ हजार ५० मत सहित सो स्थानमा आएकी हुन् । यस अघि उनी चौथो स्थानमा थिइन् । 

    यस अघि तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्ती चौथो स्थानमा झरेकी छिन् । उनको ३ हजार ९ सय ४५ मत आउदाँ तेस्रो स्थानमा रहेका एमालेका मणिराम फुँयालको ४ हजार ७ सय ५९ मत आएको छ । 

    पहिलो स्थानमा भने रास्वपाकी सोविता गौतम ७ हजार १ सय ८३ मत सहित छिन् । 


    images
    images

    Logo