images
images

काठमाडौँ–७ : राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै


  • 323
    SHARES
  • २०७९ मंसिर ६ गते मंगलबार

    काठमाडौँ–७ : राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीको अग्रता कायमै

    काठमाडौ‌ं । काठमाडौं निर्वाचन क्षेत्र नंं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार पराजुलीले ४ हजार ६ सय ७२ मत पाएका छन् ।

    दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरेका छन् । घिमिरेले ३ हजार ९ सय १ र लोकतान्त्रिक वाम–गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले ३ हजार २ सय ६९ मत प्राप्त गरेका छन् ।

    काठमाडौँ क्षेत्र नं ७ मा प्रतिनिधिसभामा २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जसमा १३ जना विभिन्न राजनीतिक दल र १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ । 

    काठमाडौँको ठमेलदेखि नुवाकोटको ककनीसम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा २९ स्थानका ७१ म्तदान केन्द्रमा मतदान भएको थियो । ६१ हजार दुई सय ९२ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३७ हजार ६ सय मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका छन् । 


    images
    images

    Logo