मकवानपुर । मकवानपुर १ मा नेपाली कांग्रसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले अग्रता कायम राखेकी छिन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अध्यक्ष कमल थापालाई २ हजार १५६ मतले पछि पारेकी हुन् ।
पछिले मतपरिणम अनुसार डिनाको ६ हजार ९ सय ५२ मत आएको छ भने थापाले ४ हजार ७ सय ९६ मत पाएका छन् । त्यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपक बहादुर सिंकले १ हजार ८ सय ३ मत ल्याएका छन् ।