काठमाडौं । काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमको अग्रता कायम रहेको छ । उनले ५ हजार ३ सय ३४ मत ल्याएर अग्रता लिएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले ३ हजार ८ सय १ मत ल्याएका छन् ।
एमालेका उम्मेदवार मणिराम फुयाल भन्दा सोविता गौतम १५ सय मतले अगाडी रहेकी छिन् । त्यस्तै, तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले ३ हजार ७ सय ९० मत पाएकी छन् । राप्रपा उम्मेदवार कुन्ती पोखरेलले ३ हजार ७ सय ६९ मत पाएकी छन् ।