काठमाडौं । प्रदेशमा हाम्रो नेपाली पार्टी (लौरो) ले खाता खोलेको छ । यो क्षेत्रको सम्पन्न मत गणनाअनुसार हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।
बज्राचार्यले ५ हजार ४ सय ६२ मत ल्याएका छन् भने नेकपा एमालेका राजेश शाक्यले ३ हजार ७ सय ११ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजुराज जोशी ३ हजार ६ सय ७० मतसहित तेस्रो स्थानमा छन् ।यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ ।