ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्र स्थानमा छन् । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार ७ सय ३९ मत प्राप्त गरेका छन् ।
यता, ५ सय ८५ मतले दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवराज सिलवालले ११ हजार १ सय ५४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले १ हजार ७ सय ३४ मत प्राप्त गरेका छन् ।
ललितपुर–३
ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की अग्र स्थानमा छिन । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनले पछिल्लो मतगणनामा ४ हजार ९ सय १० मत प्राप्त गरेकी छिन् ।
नेकपाका अमृत खड्काले ३ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले २ हजार २ सय २८ मत प्राप्त गरेकी छिन् । कूल ११ हजार आठ८ सय ७७ मतगणना हुँदा चार सय ३३ मत बदर भएको छ ।



