काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य फेरी घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज फेरी ३ रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार हजार रुपैयाँमा कायम भएको छ भने चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।