काठमाडौं । धादिङ क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बनाएका छन् । एमालेका भूमि त्रिपाठीले कायम गरेको अग्रतालाई पाण्डेले तोडेका हुन् ।
पछिल्लो मतपरिणम अनुसार पाण्डेले ५३७१ मत ल्याउँदा त्रिपाठीले ५१८८ मत ल्याएका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हिमेश पन्तले भने १५६५ मत मात्रै ल्याएका छन् ।
उता क्षेत्र नं १ मा नेपाली काँग्रेसका रामनाथ अधिकारीले अग्रता कायमै राखेका छन् । अधिकारीले १४५७ मा ल्याउँदा उनका निकटमा प्रतिस्पर्धी एमालेका खेम लोहनीले १११७ मत ल्याएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङको भने १८७ मत मात्रै आएको छ ।