ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता कायमै राखेकी छिन् । कार्कीले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई ९ सय ३७ मतले पछि पारेकी छिन् ।
पछिल्ले मतपरिणाम अनुसार तोसिमाको ३ हजार ८ सय ९६ मत पाएकी छिन् भने अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् । त्यस्तै, माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७ सय ९६ मत पाएकी छिन् ।