डडेल्धुरा । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३ हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । अहिलेसम्म १० हजार ८ सय ७० मत गणना हुँदा उनले ५ हजार ६ सय २१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले २ हजार ५ सय ९९ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले १ हजार ६ सय ३६ मत पाएका छन् भने ६ सय ५६ मत बदर भएको छ ।