भक्तपुर । भक्तपुरको क्षेत्र नंं १ अन्तर्गतको चांगुनारायण प्रदेशमा नेपाली कांग्रेसका उम्मेद्वारले फराकिलो अग्रता बनाएका छन् ।
लोकतानित्रक गठबन्धनबाट उम्मेद्वार बनेका कांग्रेसका सुरेश श्रेष्ठले ५ हजार २ सय ८६ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका मोहनबीर श्रेष्ठले ४ हजार १ सय ७७ मत तथा राप्रपाका राजु कुइटेलले २ हजार ४ सय ८७ मत पाएका छन् । त्यसैगरी नेमकिपाका मिनबहादुर बाटाले २ हजार ४७ मत पाएका छन् ।