काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार राणाले ८५९७ मत प्राप्त गर्दा सिलवालले ८४३१ मत पाएका हुन् ।
मतगणना सुरु भएदेखि नै नेकपा एमालेका उम्मेदवार नवराज सिलवाल अघि थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिन घिमिरेले १०६१ र राप्रपाका सन्दीप आचार्यले ७०६ मत पाएका छन् ।