images
images

ललितपुर–१ : प्रतिनिधिसभामा एमाले, प्रदेशसभामा गठबन्धनको अग्रता


  • 386
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    ललितपुर–१ : प्रतिनिधिसभामा एमाले, प्रदेशसभामा गठबन्धनको अग्रता

    काठमाडौं । ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उम्मेदवार र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । 

    आज राति साढे आठ बजेसम्म कूल ९ हजार ७ सय ७१ मत गन्दा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का नवराज सिलवालले ४ हजार ६ सय १२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबराले ३ हजार ६ सय १३ मत प्राप्त गरेका छन् ।

    ललितपुर क्षेत्र नम्बर १ (१) प्रदेशसभा सदस्यतर्फ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हरि दाहालले ३ हजार ८६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका मधुसुधन पौडेलले २ हजार ६ सय ८५ मत प्राप्त गरेका छन् । 

    ललितपुर क्षेत्र नम्बर १(२) मा प्रदेशसभा सदस्यतर्फ नेपाली कांग्रेसका मीनकृष्ण महर्जनले ३ हजार ४ सय ९३ मत प्राप्त गरी अग्रता लिएका छन् । महर्जनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चेतनाथ सञ्जेलले ३ हजार १० मत प्राप्त गरेका छन् ।


    images
    images

    Logo