काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सुरुवाती अग्रता लिएका छन् ।
१ हजार १ मतगणना हुँदा पाँच दलीय गठबन्धनका उम्मेदवार खाणले ४ सय ५९ मत प्राप्त गरेका छन् । खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले पछ्याइ रहेका छन् । बोहराले ३ सय ५८ मत ल्याएका छन् ।
कूल १ लाख ३२ हजार ७ सय ९१ मतदाता रहेको यस क्षेत्रमा १ सय ४८ मतदान केन्द्रबाट ९२ हजार ९ सय ७२ मत खसेको थियो ।