images
images

काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालको अग्रता


  • 419
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनालको अग्रता

    काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता लिएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले १ हजार १ सय ५१ मत प्राप्त गरी अग्रता लिएका छन्

    दोस्रो मत नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले प्राप्त गरेका छन् । उनले ७ सय ४ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले ६ सय २१ मत प्राप्त गरेका छन् ।

    काठमाडौँ क्षेत्र नं ६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जसमा १३ विभिन्न राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    ६२ हजार १ सय २ मतदाता रहेको सो निर्वाचन क्षेत्रमा आइतबार सम्पन्न मतदानमा ३९ हजार ६६ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।


    images
    images

    Logo