images
images

ललितपुर–२ मा एमाले उम्मेदवार महर्जन २ हजार ४ सय मतान्तरले अगाडि


  • 278
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    ललितपुर–२ मा एमाले उम्मेदवार महर्जन २ हजार ४ सय मतान्तरले अगाडि

    काठमाडौं । ललितपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) आफ्नो मतान्तर बढाएको छ । आज बेलुका सवा ७ बजेसम्मको मतगणना विवरणअनुसार एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यभन्दा २ हजार ४सय १९ मत अन्तरले अग्रता कायम गरेका छन् ।

    कूल ३७ हजार ९ सय १७ मतगणना हुँदा एमाले उम्मेदवार महर्जनले १० हजार ६ सय ३ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका उम्मेदवार शाक्य ८ हजार २ सय ८४ मतसहित दोस्रो स्थानमा रहेका छन् ।

    त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उम्मेदवार कृष्णलाल महर्जन ६ हजार ९ सय ८६ मतसहित तेस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ६ हजार ५ सय ६८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापाले ४ हजार ९ सय ५८ मत पाएका छन् ।


    images
    images

    Logo