काठमाडौं । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहेका छन् ।
२ हजार ९ सय ५६ गणना गर्दा प्रधानमन्त्री देउवाले १ हजार ४ सय ४, स्वतन्त्र उम्मेदवार सागर ढकालले ७ सय ३० र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (विपी) ले ५ सय २७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् ।