ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको अग्रता कायमै रहेको छ । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई ३ सय ७६ मतले पछाडि पारेकी छिन् ।
हालसम्मो मतपरिणाम अनुसार कार्कीले २ हजार ४ सय १५ मत ल्याएर अग्र स्थानमा रहन सफल भएकी छिन भने अमृत खड्काले २ हजार ३९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, माओवादी केन्द्रकी पम्फा भुसालले १ हजार २ सय ५० मत ल्याएर तेस्रो स्थानमा पुगेकी छिन् ।