images
images

सप्तरी–३ को मतगणना प्रारम्भ, कांग्रेसको अग्रता


  • 329
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    सप्तरी–३ को मतगणना प्रारम्भ, कांग्रेसको अग्रता

    काठमाडौं । सप्तरी क्षेत्र नं ३ को मतगणना आज साँझदेखि प्रारम्भ भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो ।

    जारी मतगणनाको पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार दिनेशकुमार यादवले ५ सय १९ मत ल्याएर अग्रता कायम गरेको सहायक निर्वाचन अधिकृत ध्रुवप्रसाद निरौलाले बताए । नेकपा (एमाले)का उम्मेदवार ताराकन्त चौधरीले ३ सय ७ मत पाएका छन् ।

    यस्तै, जनमत पार्टीका उम्मेदवार अनिस अन्सारीले १ सय ३६ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  । यस क्षेत्रमा १ हजार १ सय मतगणना भएको र मतगणना जारी रहेको छ ।


    images
    images

    Logo