images
images

डडेलधुरामा मतान्तर बढाउँदै दोस्रो स्थानमा पुगे सागर ढकाल


  • 436
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    डडेलधुरामा मतान्तर बढाउँदै दोस्रो स्थानमा पुगे सागर ढकाल

    डडेलधुरा । डडेलधुरामा स्वतन्त्र उम्मेदवार सागर ढकालले मतान्तर बढाउँदै आफुलाई दोस्रो स्थानमा राख्न सफल र्भका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर देउवाले ७ सय ८५ मतका साथ अग्रता कायम राखेका छन् । 

    त्यस्तै, देउवालाई पछ्याउँदै सागर ढकालले ३ सय ९१ मत ल्याएका छन् भने नेपाली कांग्रेस  (विपी) का कर्णबहादुर मल्लले ३ सय ५३ मत ल्याएका छन् । 

    यस अघि सागर ढकाल तेस्रो स्थानमा रहेका थिए भने दोस्रो स्थानमा कर्णबहादुर मल्ल थिए । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन् । 


    images
    images

    Logo