images
images

झापा ५ मा अध्यक्ष ओलीको अग्रता, २ र ४ मा स्वतन्त्र अगाडि


  • 317
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    झापा ५ मा अध्यक्ष ओलीको अग्रता, २ र ४ मा स्वतन्त्र अगाडि

    झापा । झापा क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतगणनाको सुरुवाती चरणमा अग्रता कायम गरेका छन् । ६ हजार २ सय १५ मत गणना हुँदा एमाले अध्यक्ष ओलीले ३ हजार २ सय १२ मत प्राप्त गरेका छन् । 

    गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५ सय २३ मत प्राप्त गरे । झापा क्षेत्र नम्बर ५ मा १ लाख ५४ हजार २ सय ८९ मतदाता रहेपनि १ लाख २ हजार १ सय ५० जनाले मतदान गरेका छन् । यो निर्वाचन क्षेत्रमा ६६ दशमलब २७ प्रतिशत मत खसेको छ ।  

    २ र ४ मा स्वतन्त्र अगाडि

    झापाका चारवटा निर्वाचन क्षेत्रमा मत गणना शुरु भएको छ । झापा क्षेत्र नम्बर १ मा भने अझै मत गणना सुरु हुन सकेको छैन । मतपत्र ‘सर्टिङ’ को काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । 

    झापा क्षेत्र नम्बर १ को मतगणनाका लागि १२ केन्द्रको मतपेटिका खोलेर गणना सुरु गर्न ‘सर्टिङ’ को काम भइरहेको बताइएको छ । प्रतिनिधिसभातर्फ प्रत्यक्षको दुई ठाउँ र प्रदेशसभा प्रत्यक्षका दुई ठाउँमा गणना भइरहेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए। 

    झापा १ मा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा छ । प्रारम्भिक नतिजा अनुसार झापा २ मा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत),  झापा ३ मा रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, झापा ४ मा स्वतन्त्र पार्टीका शम्भु ढकाल ‘सुस्केरा’ ले अग्रता लिएका छन् । 

    झापा क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार ‘स्वागत’ नेपालले अग्रता लिएका छन् । नेपालले गठबन्धनका उम्मेदवार हरिकुमार राना र नेकपा (एमाले) का देवराज घिमिरेलाई पछि पारेका छन् । झापा क्षेत्र नम्बर–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् । २ हजार मत गनिसक्दा लिङ्देनले १ हजार ३ मत र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ७ सय ८४ मत ल्याए । दुवैबीचको मतान्तर २ सय १९ हो ।

    अहिले कचनकवल वडा नम्बर २, ३ र ४ तथा  बाह्रदशी गाउँपालिका वडा नम्बर ३ र ५ को गणना हुँदैछ । झापा क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले अग्रता बनाएका छन् । तीन सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले एक सय ४३ मत ल्याए । एमालेका उम्मेदवार एलपी साँवाले ८४ र नेपाली कांग्रेसका देउकुमार थेबेले ४६ मत ल्याएका छन् । 

    यता झापा ५ मा मतगणना प्रारम्भ भएको छ । मध्याह्न १२ बजेदेखि मतगणनाका लागि मतपत्र मिलाउने कामको प्रारम्भ गरिएको क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत डम्बर काफ्लेले जानकारी दिए ।


    images
    images

    Logo