images
images

चितवन क्षेत्र नं १ मा कांग्रेस र २ मा एमालेको अग्रता, रवि तेस्रोमा


  • 382
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    चितवन क्षेत्र नं १ मा कांग्रेस र २ मा एमालेको अग्रता, रवि तेस्रोमा

    काठमाडौं । यही मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणना यहाँ जारी रहेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै मतगणना जारी रहेको हो ।

    चितवन क्षेत्र नं १ मा हालसम्म एक हजार मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले सुरुआती अग्रता लिएका छन् । उनले तीन सय ३७ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले २ सय ५२ मत प्राप्त गरेका छन् । 

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ३ सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा १ लाख ३९ हजार ८ सय ४५ जना मतदाता रहेका छन् । जसमध्ये ६८.७३ प्रतिशत मत खसेको छ ।

    यस्तै चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले सुरुआती अग्रता लिएका छन् । १ हजार १ सय २६ मत गन्दा उनले पाँच सय ५४ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन सय ९७ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ८७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यस क्षेत्रमा  ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा १ लाख २४ हजार २ सय १४ मतदाता रहेका छन् । यो नतिजा साँझ ५ बजे सम्मको हो ।

    चितवन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले २ः१५ बजे सुरु गर्ने भनी निर्णय गरिएको भए पनि ४ः३५ बजेदेखि मतगणना सुरु गरिएको हो ।


    images
    images

    Logo