काठमाडौ ।मनाङमा प्रतिनिधि सभामा एमाले तथा प्रदेश सभामा कांग्रेस उम्मेदवारले अग्रता बनाएका छन । निर्वाचनको पछिल्लो मत गणना अनुसार, प्रतिनिधि सभामा एमाले उम्मेदवार सुर्य पोल्देन छेवाङ गुरुङले ७ सय २६ मत पाएका छन ।
त्यसैगरी नेपाली काँग्रेसका टेक बाहदुर गुरूङले ५ सय ८१ मत ल्याएका छन । प्रतिनिधि सभाका १ हजार ३ सय १२ मत गणना गरिएको छ ।
त्यसैगरी प्रदेश १ मा भने काँग्रेसका मुनेन्द्र जङ गुरुङले ६ सय २६ मतसहित अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजन गुरुङले ६ सय १४ मतिहित पछ्याउँदै छन ।