काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रबिन्द्र मिश्रले अग्रता लिगेका छन् ।राप्रपाका मिश्रले २ हजार ४ सय १७ मत पाएका छन् । उनलाई पछ्याउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंहले २ हजार ३ सय ३ मत पाएका छन् ।
नेकपा (एमाले) का किरण पौडेलले १ हजार ४ सय ४१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पुकार बमले १ हजार ३ सय ६७ र राष्ट्रिय सुशासन पार्टीका रमेश खरेलले १ हजार ६६ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रबाट प्रतिनिधिसभामा ३२ जना उम्मेद्वार प्रतिस्पर्धामा रहेका छन् । जसमा २१ जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र उम्मेद्वार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसमध्ये १० जना महिला उम्मेद्वार छन् । यो क्षेत्रमा कुल ५२ मतदान केन्द्रमा मतदान भएको थियो ।



