काठमाडौं । काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त पार्टीकी सोविता गौतमको अग्रता कायम रहेको छ । उनले ३ सय १ मत ल्याएर अग्रता लिएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले १ सय ९३ मत ल्याएका छन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले १ सय ६० मत पाएकी छन् । राप्रपा उम्मेदवार कुन्ती पोखरेलले १ सय ६४ मत पाएकी छन् ।