भक्तपुर । भक्तपुर क्षेत्रनंम्वर दुईमा नेपाली कांग्रेसले आग्रता थप फराकिलो बनाएको छ । करिव १५ हजार मतगणना हुंदा प्रतिनिधि सभाका गठबन्धनका उम्मेदवार दुर्लभ थापाले पुर्वमन्त्री एवं एमाले उम्मेदवार महेश बस्नेतलाई ६ सय ७५ मतान्तरले पछि पारेका छन ।
थापाले ६ हजार १ सय ८४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका महेश बस्नेतले ५ हजार ५ सय ९० मत पाएका छन ।
क्षेत्र नम्बर २ मा ६५ हजार ९ सय १९ मत खसेको छ ।हालसम्म आदर्श जनप्रेमी स्कुल, कटुन्जे वडा कार्यालय, लोकन्थली, नङखेल, सिरूटार, सिपाडोल लगायतका स्थानको गणना भएको जनाइएको छ ।