भक्तपुर । भक्तपुरको क्षेत्र नंं १ अन्तर्गतको चांगुनारायण प्रदेशमा नेपाली कांग्रेसका उम्मेद्वारले फराकिलो अग्रता बनाएका छन् । लोकतानित्रक गठबन्धनबाट उम्मेद्वार बनेका कांग्रेसका सुरेश श्रेष्ठले २ हजार ३ सय ८९ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका मोहनबीर श्रेष्ठले ९ सय ७९ मत तथा राप्रपाका उम्मेदवार ले ४ सय ७१ मत पाएका छन् ।
त्यसैगरी क्षेत्र नं. २ अन्तर्गतको सुर्यविनायक प्रदेशमा एमालेले झिनो अग्रता लिएको छ । एमालेका प्रदेश सभा उम्मेद्वार किरण थापाले १ हजार १ सय ३८ मत पाएका छन् ।
उनलाई पछ्याईरहेका नेपाली कांग्रेसका उमेदवार बिष्णुराज कार्कीले ९ सय ३९ मत पाएका छन् । सो क्षेत्रमा राप्रपा उमेदवार बिक्रम थापाले ३ सय १२ मत तथा नेमकिपाका सरोजराज गोसाईले २ सय २ मत ल्याएका छन् ।