images
images

भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा कांग्रेस अगाडि


  • 493
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    भक्तपुर क्षेत्र नं १ मा राप्रपा, क्षेत्र नंं २ मा कांग्रेस अगाडि

    काठमाडौं । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै  छ । मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा १० हजार मतगणना हुँदा प्रतिनिधिसभातर्फ  कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता कायमै राखेको हो । 

    गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला सभापति दूर्लभ थापाले एमालेका महेश बस्नेतलाई ४ सय ३२ मतान्तरले अग्रता लिँदै ४ हजार १ सय १३ मत पाएका छन्  । एमाले ३ हजार ६ सय ८१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ सय ७०, राष्ट्रियता प्रजातन्त्र पार्टीले ४ सय ५० र नेपाल मजदुर किसान पार्टीले ४ सय ५० मत प्राप्त गरेको छ । मतगणना जारी छ । प्रदेशसभा र समानुपातिकको मतगणना पनि सुरु भएको छ । 
     
    त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले सुरुआती अग्रता लिएका छन् । चाँगुनारायण नगरपालिका वडा नं १ को मतगणनाका क्रममा उनले अग्रता लिएकाे हो । यस क्षेत्रमा १ हजार ३ सय ११ मतगणना हुँदा खड्काले ३ सय ५९, एमालेका नवराज गेलालले ३ सय ५६, नेमकिपाका प्रेम सुवालले २ सय ९२ र माओवादी केन्द्रका सुनिल गोठेले २ सय २ मत प्राप्त गरेका छन् ।


    images
    images

    Logo