काठमाडौं । सप्तरीको निर्वाचन क्षेत्र नं २ को जनमत पार्टीका सीके राउतले आफ्नो अग्रता कायम राखेका छन् । राउतले १ हजार २० मत पाएका छन् । जनमत पार्टीका प्रमुख रहेको राउतले उपेन्द्र यादवलाई समेत पछि पारेका हुन् ।
उनको प्रतिस्पर्धी उपेन्द्र यादवले ४ सय ५२ मतसहित पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ३ सय ८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।