काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहको अग्रता कायम रहेको छ । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले पछ्याइरहेका छन् ।
हालसम्म प्राप्त मतपरिणाम अनुसार सिंहले ८ सय १८ मत प्राप्त गरेर अग्रता लिइरहेका छन् । मिश्रले ७ सय ३६ प्राप्त गरेर दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त पार्टीका पुकार बमले ५ सय २७ मत रहेको छ ।