भक्तपुर । नेमकिपाको गढ मानिने भक्तपुर क्षेत्र नम्बर १ मा राप्रपाले सुरुवाती अग्रता लिएको छ ।
१ हजार ३ सय ११ मत गणना हुँदा राप्रपाका उम्मेदवार भरत बहादुर खड्काले ३ सय ५९ मत पाएका छन् भने उनलाई पछ्याउँदै एमालेका नवराज गेलालले ३ सय ५६ मत पाएका छन् । यसैगरी तेस्रोमा नेमकिपाका प्रेम सुवालले २ सय ९२ मत पाएका छन् ।
त्यस्तै, माओवादी केन्द्रका सुनिल गोठेले २ सय २ मत ल्याएका छन् ।