भक्तपुर । भक्तपुर क्षेत्रनंम्वर दुईमा नेपाली कांग्रेसले आग्रता कायमै छ । १० हजार मत गणना हुँदा प्रतिनिधि सभाका गठबन्धनका उम्मेदवार दुर्लभ थापा ४ सय ३२ मतले अघि छन् । थापाले ४ हजार १ सय १२ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी एमालेका महेश बस्नेतले ३ हजार ६ सय ८० मत पाएको बताइएको छ । क्षेत्र नम्बर २ मा ६५ हजार ९ सय १९ मत खसेको छ । हालसम्म आदर्श जनप्रेमी स्कुल, कटुन्जे वडा कार्यालय, लोकन्थली, नङखेल, सिरूटार, सिपाडोलको गणना भएको जनाइएको छ ।