काठमाडौं । काठमाडौं ६ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता हासिल गरेको छ । हालसम्मको मतपरिणम अनुसार २ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ८० मत ल्याएर अग्रता हासिल गरेका छन् ।
दोस्रोमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ५१ मतका साथ उनलाई पछ्याइरहेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान ३८ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्यले १४ मत पाएका छन् ।