काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन् । थकालीले ३ हजार ९ सय ५२ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा (एमाले) का प्रेम तुलाचनले ३ हजार ७८ मत पाएका छन् । मुस्ताङमा १० हजार ९ सय ५७ जना मतदाता रहेकोमा ७ हजार २ सय ३० मत खसेको थियो ।
आधिकारिक घाेषणा भने भएकाे छैन ।