काठमाडौं । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली जित नजिक पुगेका छन् ।५ हजार ८ सय २० मतगणना हुँदा थकाली ६०० बढी मतान्तरले अगाडि छन् । थकालीले ३ हजार १ सय ५६ मत पाएका छन् ।
नेकपा (एमाले)का प्रेम तुलाचनले २ हजार ५ सय २१ मत पाएका छन् । यहाँ कुल ७ हजार २ सय ३० मत खसेको जनाइएको छ ।