images
images

प्रहरी सवार जीप  दुर्घटनामा चारको मृत्यु, १० घाइते 


  • 268
    SHARES
  • २०७९ मंसिर ५ गते सोमबार

    प्रहरी सवार जीप  दुर्घटनामा चारको मृत्यु, १० घाइते 

    काठमाडौ । बैतडीमा आज बिहान प्रहरी सवार जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । अन्य १० जना घाइते भएका छन् ।

    दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४, मा से १ ज ८५४ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा सवारमध्ये तीन प्रहरीको घटनास्थलमै र  एकजनाको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

     मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चारजनालाई हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगन्ज लगिएको छ । ६ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा पाटनमै उपचार भइरहेको छ ।

    जीप सडकबाट करिब तीनसय मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।


    images
    images

    Logo