काठमाडौं । काठमाडौं ६ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेरअघि मतगण्ना सुरु भएको हो ।
काठमाडौं–६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान रहेका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी हुने देखिएको छ ।
त्यस्तै केही बेरअघिदेखि काठमाडौँ क्षेत्र नं १ को पनि मतगणना शुरु भएको छ । त्यस क्षेत्रमा कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमलगायतका उम्मेदवार रहेका छन् ।